नारीपोष्ट डटकम
पोखरा, २० कात्र्तिक ।
बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा आगामी माघ १९ गते चौथों मिस तामाङ पोखरा–२०१९ को फाइनल हुने भएको छ ।
तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ चौथों मिस तामाङ पोखरा–२०१९ तथा लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ म्युजिकल फेष्टिभल आयोजना गर्न लागेको हो ।
सौन्दर्य प्रतियोगिताको लागि छिटै दरखास्त आह्वान गरिने कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष जयन्ती मोक्तानले परिचय नेटवर्कलाई जानकारी दिए । उनका अनुसार एसइई उत्र्तिण गरेका र १६ देखी ३० बर्ष सम्म उमेर समूहका अविबाहित तामाङ नारीहरुले दरखास्त दिन सक्नेछन् ।
मिस तामाङ पोखरा–२०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने मोक्तानले बताए ।
उनका अनुसार फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भने भिअर च्वाइस रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने उनले बताए । यस अघि मिस तामाङ पोखरा २०१८ को उपाधीकी कबिता योन्जनले जितेकी थिइन् ।
मिस तामाङ पोखरा २०१९ को फाइनल सँगै छैठौं ल्होछार म्यूजिकल फेष्टिभलको आयोजना समेत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् ।